लुम्बिनी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय
बर्दिया अस्पताल
गुलरिया , बर्दिया
परिचय

बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं. ६ स्थित हुलाकी सडकसंग जोडिएर रहेको बर्दिया अस्पताल ८२ बर्ष पहिले सन् १९४० ई. मा त्रि-जुद्ध अस्पतालको नाम बाट स्थापित भएको हो । यस जिल्लाको एक मात्र रिफरल सेन्टरको रुपमा रहेको यस बर्दिया अस्पतालले सिमित श्रोत साधनको अधिकतम प्रयोग गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएकोमा आ.व. २०७१।०७२ देखि जिल्ला अस्पतालबाट स्तरोन्नती भई ५० सैयाको अस्पतालमा परिणत भएको छ ।
हाल यस अस्पतालमा १० जना विशेषज्ञ डाक्टर, ४ जना मेडिकल अधिकृत र १ जना डेण्टल सर्जन गरि १५ जना डाक्टरको दरबन्दी कायम रहेको छ । अस्पताल ५० सैयामा स्तरोन्नती भए पश्चात कुल ५९ जनाको दरबन्दी कायम भएको भए पनि संरचना अनुसार जनशक्तिको कमी रहेकोले अस्पताल विकास समितिको श्रोतबाट स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरु करार सेवामा लिई सेवा सुचारु गर्दै आएको छ ।
हाल लुम्बिनी प्रदेश सरकार मातहत रहेको यस अस्पतालमा बहिरङ्ग सेवा (सार्वजनिक विदा बाहेक), आकस्मिक सेवा (चौविसै घण्टा), प्रयोगशाला सेवा (चौविसै घण्टा), अन्तरङ्ग सेवा (चौविसै घण्टा), अप्रेशन सेवा, निःशुल्क प्रसुति सेवा, दन्त उपचार सेवा, लैङ्गिक हिंसा सम्बन्धि परामर्श र उपचार सेवा, सुरक्षित गर्भपतन सेवा, फिजियोथेरापि सेवा, इन्डोस्कोपि सेवा, सिकलसेल ऐनिमिया जाँच सेवा, रेडियोलोजि सेवा, प्रसुती तथा स्त्री रोग सेवा, सामाजिक सेवा इकाईबाट पूर्ण वा आंसिक छुट सहितको सेवा, विपन्न नागरिक उपचार सेवा (सिकलसेल एनिमिया), बालबालिकाहरुमा क्षयरोग पहिचानको लागि निःशुल्क स्क्रिनिङ कार्यक्रम एवम् जेष्ठ नागरिक वार्ड संचालन गरि सेवा दिदै आइरहेको छ ।